Monday, June 13, 2016

कोरियन भाषा परीक्षाका लागि २१ केन्द्र तोकियो, को परीक्षार्थी कहाँ परे ? (सूचीसहित)


३१ जेठ, काठमाडौं । आगामी असारको ४ र ५ गते हुने कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । इपीएस कोरिया शाखाले परीक्षार्थीको सेम्बोल नम्बर अनुसार २१ वटा परीक्षा केन्द्र तोकेको छ ।
काठमाडौंमा १८ वटा केन्द्हरु तोकिएका छन् भने पोखरामा ३ वटा केन्द्र राखिएका छन् । परीक्षा सञ्चालनको अवलोकन गर्न कोरियाबाट ५० जना सरकारी अधिकारी आउनेछन् । उनीहरु विभिन्न परीक्षा केन्न्द्रमा पुगेर अनुगमन गर्नेछन् ।
सबै केन्द्रमा दुबै दिन परीक्षा दुई सिफ्ट सञ्चालन हुनेछन् । पहिलो सिफ्टको लागी विहान ८ः३० बजे र दोश्रो सिˆटका लागी दिनको १२ः३० बजेसम्म परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
परीक्षार्थीका नियम
निर्धारित समयभित्र परिक्षा केन्द्रमा प्रवेश नगर्ने परीक्षार्थीलाई परीक्षामा सामेल नगराइने इपीएस शाखाले जनाएको छ । कुनै पनि बहानामा आवेदकहरुलाई तोकिएका परीक्षा केन्द्र, मिति र समय भन्दाबाहेक परीक्षामा समावेश नगराइने शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।
परीक्षा सुरु हुने समयभन्दा एक घण्टा अगावै आफना स्थानमा बसी नसकेको कारण विगतका वर्षहरुमा ठूलो संख्यामा परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका थिए ।
परीक्षाका लागि परीक्षार्थीको नाम, रजिष्ट्रेशन नम्बर उल्लेखित प्रश्नपत्र र उत्तर पुस्तिका उपलब्ध गराइनेछ । परीक्षाथीले नाम र रजिष्ट्रेशन नम्बर फरक परी कुनै त्रुटी हुन गएमा त्यसको जिम्मेवारी आफैंले लिनुपर्ने व्यवस्था छ ।
एकजना आवेदकलाइ एउटामात्र उत्तरपुस्तिका उपलब्ध गराइनेछ भने त्यसलाई साट्न वा सच्चाउन पाइने नपाइने शाखाले जनाएको छ ।
उत्तरपुस्तिकामा कुनै उत्तर टिपेक्स वा टेपको प्रयोग गरी सच्चाएका पाइएमा उत्तर गलत ठहरिनेछ  व्यवस्था छ । परीक्षार्थीले उत्तर पुस्तिकामा सिसाकलम वा अन्य रंगका प्रयोग गरेमा परीक्षा रद्द हुनेछ ।
परीक्षाका लागि आवेदन दर्ता गर्दा पेश गरेको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनु पर्नेछ । यी सक्कल कागजात विना परीक्षामा समावेश नगराइने भएको छ ।
परीक्षाका अवधिभर आवेदकलाई शौचालय जान तथा परीक्षा सिध्याएपनि परीक्षा हल छोड्न अनुमति नदिइने शाखाले जनाएको छ ।
परीक्षामा सहभागी हुन आउँदा मोवाइल फोन तथा अन्य विद्युतीय उपकरणहरु वा पुस्तक, चिट आदी नलिई आउन अनुरोध गरिएको छ । परीक्षामा अनुचित कार्यगर्नेलाई निष्काशनसम्म गरिनेछ ।
को परीक्षार्थी कहाँ परे ? सूची हेर्नुस्




seatplan_topik-VII-1seatplan_topik-VII-2seatplan_topik-VII-3

0 comments:

Post a Comment