Wednesday, June 8, 2016

‘कालो पोथी’ रिलिजमा सिंगल हलसँग पपकर्नको विवाद


जेठ २६ , चलचित्र ‘कालो पोथी’ रिलिजको बिषयलाई लिएर सिंगल हल र वितरण कम्पनी पपकर्नविच विवाद देखिएको छ । गत शुक्रबारदेखि रिलिज भएको यो चलचित्रलाई पपकर्नले सुरुमा मल्टिप्लेक्स हलमा मात्र लगाएको थियो । तर, चलचित्रले राम्रो व्यापार गरेपछि पपकर्नले सिंगलमा पनि चलचित्र लगाउने योजना बनायो ।

जसका लागि सिंगल हललाई आउँदो शुक्रबारबाट चलचित्र रिलिज गर्न भनिएको थियो । तर, रिलिज भएको एक हप्तापछि सिंगल हलले यो चलचित्र चलाउन मानेनन् । जसका कारण पपकर्न र सिंगल हलका संचालकविच विवाद देखिएको हो । पपकर्नका माधव वाग्ले र गोपिकृष्णका म्यानेजरविच केही समय भनाभन पनि भएको वुझिएको छ । अधिकांश सिंंगल हल संचालकहरु अबदेखि पपकर्नको चलचित्र नचलाउने मुडमा पुगेका छन् ।
‘कालो पोथी’को क्यूएफएक्स लगायतका हलमा शो बढिरहेको छ । यसैले पनि सिंगल हलमा समेत चलचित्र चलाएर पपकर्न कम्पनीले फाइदा कमाउने सोच बनाएको हुनसक्छ । तर, यहि कुराले पपकनर्क र सिंगल हल संचालकविच लफडा देखिएको छ ।

0 comments:

Post a Comment