Monday, June 6, 2016

महिला हिंसा न्यूनीकरण गर्न प्रशिक्षण


जेठ २४, काठमाडौँ– महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाका ७० महिलालाई ‘महिला अधिकार र लैङ्गिक हिंसा’ विषयको दुईदिने प्रशिक्षण सुरु भएको छ ।
सशक्त महिला सशक्त समाजले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका १४ वडाका महिला सहभागी छन् । प्रशिक्षणमा अधिवक्ता अनिता चापागाईंले ‘नेपालमा घरेलु हिंसा र वर्तमान अवस्था’, अधिवक्ता विष्णु बस्यालले ‘नेपालको संविधान र कानुनमा महिलाको अवस्था’ र प्रहरी निरीक्षक कोपिला ढकालले ‘महिला हिंसा न्यूनीकरण गर्न प्रहरीको भूमिका’ विषयमा प्रशिक्षण दिनेछन् ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद रामेश्वर फुयाँलले घरबाट बाहिर निस्कनु चुनौतीपूर्ण भएका बेला राजनीतिमा लागेकाहरुको कथालाई प्रेरणाका रुपमा लिएर महिला अघि बढ्नुपर्ने बताए ।
“प्रशिक्षणले महिला हिंसा न्यूनीकरणमा जनचेतना जगाउने विश्वास छ”– उनले भने । समाजका अध्यक्ष सम्झना फुयाँलले मङ्गलबारसम्म चल्ने प्रशिक्षपछि महिला हिंसामा कमी आउने आशा व्यक्त गरे ।

0 comments:

Post a Comment