Tuesday, June 7, 2016

चुकुल ठोकेर आफ्नै छोरीलाई घरबेटीको छोरासँग माया बसाइदिने यी आमा !


जेठ २६, काठमाडौं–जमाना यति खराब भइसक्यो कि, हुर्किएकी छोरी जगाउनै मुस्किल ! त्यसमाथि एकजना यस्ती आमा आइलागिन्, छोरी बिग्रेली भनेर रेखदेख पुर्याउन कहाँ–कहाँ, उल्टै आफ्नी छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर माया बनाइदिने !

मामिला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ ।
यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित नेताको नाम अनाहक मुछिने भयो भनी केही एमाले नेता महिलाको पक्षमा लागे ।
तर, कुरो खेल्दै जाँदा कामरेडहरुको भागाभाग चलेको छ । यसरी अनाहकमा नाम जोडिन पुगेको छ, मनमोहन प्रतिष्ठानको ।
मोरङको हात्तीमुढामा अवस्थित मनमोहन पोलिटेक्निकको गाडी चलाउने चक्र कार्कीले ललितपुर, सानेपास्थित मनमोहन प्रतिष्ठानमा पत्नीलाई जागिर लगाइदिएका छन् ।
आफू बढीजसो विराटनगर बसेर काठमाडौंजस्तो ठूलो ठाउँमा पत्नीलाई जागिर र यतै छोरी पढाउने काम गर्नुलाई आफ्नो पौरख ठान्ने नै भए । अहिले आमा–छोरीले यस्तो पौरख देखाइदिँदा सानेपाको स्थानीय तण्ड्कार परिवारमा रुवाबासी चलेको छ ।
चल र अचल सम्पत्तिले सम्पन्न, तर धुत्र्याईं नजान्ने तण्डुकारका घरको भुँइतलामा आमा–छोरी ढेरा बस्छन् ।
छोरी रुपा –नाम परिवर्तन) बिछट्टै राम्री घरबेटीका छोरा जित तण्डुकार भर्खर उमेर चढ्दै गरेका लक्का जवान । रुपा कक्षा ८ मा पढ्दादेखि उनीभन्दा केही जेठा जितसँग हिमचिम बढ्यो ।
यस्तोमा सामन्यतया आमाहरुले छोरीलाई सम्हालिनुपर्ने शिक्षा दिन्छन् । तर, रुपाकी आमाले ठीक उल्टो, छोरीलाई सन्काइन् । पाटनका सम्पत्तिवाल नेवारको छोरोसँग लाग्नु पुरस्कारजत्तिकै भयो ।
जब जित रुपालाई भेट्न कोठामा छिर्थे, आमा अर्कोतिर बाटा लाग्ने ! कहिलेकाँहि तः छोरीलाई खर्चै दिएर घरबेटीको छोरोसँग घुम्नसमेत पठाउने । आमाले बुझिसकेकी थिइन्, घरबेटीको सानेपामा २१ रोपनी जमिन छ । दुई भाई छोरा छन्, दुवै सोझा । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment