Tuesday, June 7, 2016

चिलीसँग अर्जेन्टिनाको बदला


जेठ २५, क्यालिफोर्निया – एक वर्षअघि चिलीसँग कोपा अमेरिकाको फाइनलमा बेहोरेको हारको बदला अर्जेन्टिनाले लिएको छ । मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २–१ को जीत निकाल्यो ।
angeldimaria-cropped_9x69i5vvo1gn15hvnmb77ahc8
गत वर्ष पेनाल्टी सुटआउटमा पराजित हुँदै अर्जेन्टिना कोपा अमेरिकाको उपाधिबाट बञ्चित बनेको थियो भने चिलीले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो ।
स्टार खेलाडी लियोनेल मेस्सी बिना उत्रेको अर्जेन्टिना र चिलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो हाफ बराबरीमा रोकिए पनि खेलको दोस्रो हाफमा भने ८ मिनेटको अन्तरालमा अर्जेन्टिनाले दुई गोल गर्यो ।
एंजेल डि मारिया र एभर बनेगाले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको अन्त्यमा चिलीका लागि होजे पेड्रो फ्युेनजालिडाले एक गोल गरे पनि हार टार्न सकेनन् ।
उता, पानामाले पनि बोलिभालाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । ब्लास पेरेजको दुई गोलको मद्दतले पनामा विजयी बन्यो ।

0 comments:

Post a Comment