Tuesday, June 7, 2016

३ वर्ष अरु बाँच्न चाहन्थे अम्बर


जेठ २५, काठमाडौं–‘म अझै पनि बाँच्छु । मलाई अरु २/३ वर्ष बाँच्ने इच्छा छ । २/३ वर्ष अझै बाँचेर संगीतकै लागि काम गर्नु छ ।’ गीतकार, संगीतकार तथा गायकको लोभलाग्दो छवि बनाएका सांगीतिज्ञ अम्बरका अमर तारा अम्बर गुरुङ पछिल्लो समय घर परिवारका सदस्यसँग यसै भन्थे ।
‘मलाई अरु २/३ वर्ष बाँच्ने इन्छा छ । २/३ वर्ष अझै बाँचेर संगीतकै लागि काम गर्नु छ भन्नुहुन्थ्यो। उहाँ केही वर्षको जीवनका लागि आशावादी हुनुहुन्थ्यो,’ मंगलबार विहान धापासीस्थित ग्रान्डी अस्पतालमा अन्तिम श्वास फेरेका गुरुङका माहिला पुत्र राजु गुरुङले आफ्ना पितासँग्को भलाकुसारी सम्झँदै भने,‘तर त्यो आशा पूरा भएन । पछिल्लो १ वर्ष उहाँ विभिन्न रोगले छट्पटाएर साह्रै दुख पाउनुभयो । रोगहरुसँग लड्दा पनि उहाँले यस्तो शक्ति देखाउनुभयो कि मैले यति सास्ती पाएँ, किन मलाई नै यो रोग लाग्यो, भगवानले मलाई किन यति दुःख दिए भनेर गुनासो गर्नुभएन ।’
भारतको दार्जलिङमा जन्मेर बाल्यकालदेखि नै गीत संगीतमा होमिएका अम्बरको प्रतिभालाई कदर गर्दै राजा महेन्द्रले बोलाएपछि नेपाल आएर विभिन्न आरोह अबरोह पार गर्ने क्रममा पनि बिनागुनासो सांगीतिक कर्म गर्दै आएका अम्बरले खास गरी सुगम संगीतको क्षेत्रमा यति धेरै प्रयास गरे कि यो क्षेत्र आजको अवस्थासम्म आइपुग्नका लागि उनको ठूलो भूमिका र योगदान छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

0 comments:

Post a Comment