Friday, June 10, 2016

चुनाव हार्नेको दबाबले देउवा तनावमा


२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।
केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् ।
 राजधानी दैनिकमा समाचार छ ।
पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् । आजको
यो मनोनयनसँगै पराजितहरुले भलनै दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ ।
देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।
त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकनिे सुझव दिएका छन् ।
२५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहार समेत महाधिवेशनमा पराजित भएका थिए ।

0 comments:

Post a Comment