Monday, June 13, 2016

चर्चित गितकार डि.पी.खनाल अब गायक को रुप लिएर आए।


जेठ ३२,काठमाडौं– पछिल्लो समय "सेल्फी हानौँला" र "ओईलिएर झर्न दिन्न" लगायत दर्जनौं चर्चित गितहरुमा रचना दिई आफ्नो नामलाई एक कुशल गितकारका रुपमा स्थापित गराउन सफल यूवा अनि चर्चित गितकार: डि.पी. खनाल अब आफ्नै रचनामा "बोलन हल्का-हल्का" बोलको एक गित मार्फत गायक बनेर स्रोता तथा दर्शक माझ उपस्थित भएका छन्।
भर्खरै मात्र युट्युब अनि विभिन्न टेलिभिजन च्यानलहरु मार्फत सार्बजनिक गरिएको उक्त गितमा; शँकर थापा स्माईलको सँगित रहेको छ भने सुमन केसीले सँगित सँयोजन गरेका छन्। बिनोद न्यौपानेे र सलिना पोख्रेलको अभिनय रहेको यो म्युजिक भिडियोलाई: नवीन गुरुङले खिचेका हुन् भने: कमल एक्चै मगरले यो भिडियोलाई निर्देशन अनि सम्पादन गरेका छन्।यस् गितको म्युजिक भिडियोलाई "पर्फर्मिङ आर्ट कृयशनले प्रस्तुती तथा बजार ब्यबस्थापन गरेको छ। भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला।

0 comments:

Post a Comment