Monday, June 6, 2016

चिहान खन्ने प्रतियोगिता !


प्रतियोगिता पनि कस्ता कस्ता ? हुँदाहुँदै मान्छेको चिहान खन्ने प्रतियोगिताको पनि आयोजना हुन थालेको छ । हंगेरीको डेब्रेसेन सहरस्थित अन्त्येष्टिस्थलमा हालै राष्ट्रिय चिहान खन्ने प्रतियोगिताको आयोजना गरियो ।
हरेक दुइजनाको समूह बनाए १८ जोडीले प्रतियोगितामा भाग लिए । ती मध्ये सबैभन्दा छिटो चिहान खन्ने जोडीले आधा घण्टामै चिहान खनेर भ्याए र प्रतियोगिता जिते ।
चिहान खन्ने पेशा अँगाल्ने मानिसहरुको पेशाप्रति सम्मान तथा पहिचान स्थापित गर्ने र उक्त काममा अझै धेरै मानिसलाई आकषिर्त गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए ।
प्रतियोगीहरुलाई २ फिट ७ इनच चौडा, दुइ मिटर लामो तथा १.६ मिटर गहिरो चिहान खन्न लगाइएको थियो । उक्त प्रतियोगिताका विजेताले स्लोभाकियामा हुने क्षेत्रिय चिहान खनाई प्रतियोगितामा भाग लिन पाउनेछन् ।

0 comments:

Post a Comment