Wednesday, June 8, 2016

कर्मचारी अब कोप्रति जवाफदेही- सरकार, जनता वा आफ्नो पार्टी ?


काठमाडौं, २७ जेठ । आधिकारिक ट्रेड युनियनको निर्वाचनपछि अब जनताले सुशासनको अनुभूति गर्न सक्लान् त ? सार्वजनिक सेवा प्रवाह विगतको तुलनामा थप सुधार होला कि झन् बिग्रेला ? यी प्रश्नमा अहिले सर्वसाधारणबीच चर्चा परिचर्चा भइरहेको छ।

‘सरकारले निजामती कर्मचारीलाई बिदा नै दिएर आधिकारिक ट्रेड युनियनको निर्वाचन गरायो । यसले सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती कत्तिको हट्ने हो ?’ ललितपुर लगनखेलस्थित जिल्ला मालपोत कार्यालयमा आएका सेवाग्राहीहरु आइतबार यसरी एकआपसमा कुरा गरिरहेका थिए ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले सार्वजनिक सेवा प्रवाह केही दिनभित्रमा तुलनात्मक रुपले सुधार हुने बताए । ‘ट्रेड युनियन निर्वाचनले कर्मचारीमा एकताको भावना विकास भएको छ । यसको नतिजा सेवा प्रवाहमा देखिनेछ,’ उनले भने।
आधिकारिक ट्रेड युनियनले कर्मचारी संगठनलाई जनताप्रति जवाफदेही बनाउनेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत दुर्गाप्रसाद चालिसे ढुक्क छन् । आधिकारिक ट्रेड युनियनले जनताले सुशासनको प्रत्याभूति नपाउने प्रशासनविद् एवं पूर्वप्रशासकहरुको भनाइ छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

0 comments:

Post a Comment