Wednesday, June 8, 2016

कानुनविपरित कामु प्रधानन्यायाधीशले कनकमणिको मुद्दा हेरेको खुलासा !


काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।

कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध रहेको छ । शान्ताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कार्कीले सुनुवाई गरेकी थिइन् ।
सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो । स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तति हुन् । अर्जुनका तीन छोरा थिए नरवीर, चन्द्रवीर र तिलकविक्रम बस्नेत । सुशीला तिलकविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् । यो नाताले उनीहरु फुपु भदै पर्छन् ।
मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरअनुसार न्यायाधीशले नातासम्बन्ध भएका कुनै पनि मुद्दा हेर्न मिल्दैन । सो दफामा उल्लेख भएका नातासम्बन्ध स्वार्थ सरोकारवाला पक्ष भएकाले यसरी मुद्दा हेरिएका स्वतः विवादको विषय बन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment