बुटवल, श्रावण २५ । पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरोसँगै तिनाऊ नदीमा खसेको माइक्रो बस पानी मुनी नै रहेको अवस्थामा फेला परेको छ । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार साँझ नै माइक्रो बस फेला पारे पनि रात परेको कारण निकाल्न सकेको थिएन । सोमबार क्रेनको प्रयोग गरी माइक्रो बस निकाल्ने प्रयास भइरहेको उद्धारमा खटिएका पाल्पाका प्रहरी नायव निरीक्षक तोपबहादुर रानाले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, पाल्पा र बुटवलबाट खटिएका प्राविधिकसहितको टोली पनि घटनास्थलमै छन् । हालसम्म माइक्रो बसमा सवार तीन जनाको शव फेला परेको छ । बसमा कति सवार थिए भन्ने समेत यकिन हुन सकेको छैन । पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको माईक्रो बस दोभान–५ सिद्धबाबामा शनिबार दिउँसो पहिरोसँगै तिनाउ नदीमा खसेको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment