Thursday, August 6, 2015

जन्मदिनमा आर्यनले पाए गितार


काठमाडौ, श्रावण २१ - नेपाली चलचित्रका व्यस्त हिरो आर्यन सिग्देल ३२ वर्षका भएका छन् । बुधबार उनले निकट साथीभाई र पत्नी सपनासँगै सानो जमघटमा जन्मदिन मनाए । रमाइलो माहौलमा ‘क्लासिक’ फिल्म युनिटले उनलाई गितार उपहार दिएको थियो । उक्त फिल्ममा उनी ‘नोभेम्बर रेन’ जोडी नम्रता श्रेष्ठसँग पुन: देखिन लागेका छन् । यो फिल्ममा आर्यन र नम्रता दुवै नेत्रविहीन पात्रका रुपमा देखिदैछन् । वैशाखमा गएको भूकम्पका कारण फिल्मको सुटिंग समयमै सुरु हुन सकेको छैन । असोजबाट सुटिङ सुरु हुने फिल्ममा आर्यनको चरित्र गायकको भएकाले उनलाई जन्मदिनमा गितार उपहार दिएको फिल्मका निर्माता सुवास गिरीले बताए ।


एक वर्षअघि सपना भण्डारीसँग विवाह गरेका आर्यन रेखा थापाको फिल्म ‘किस्मत’ मार्फत् नेपाली फिल्ममा हिरो बनेका थिए । उनी खास नाम हरिशले सुरुवाती दिनमा टेलिभिजन सिरियलमा अभिनय गर्थे । फिल्म ‘मेरो एउटा साथी छ’ बाट युवापुस्तामाझ चर्चित बनेका आर्यन आफैं भने बलिउड नायक सलमान खानका फ्यान हुन् । उनी सलमानको फेसन कपी गर्नेदेखि अभियनबाट समेत प्रभावित हुने गर्छन् । ‘होमवर्क’ नामक फिल्ममा उनले झन्डै ३० वर्षको छोरो र ६० वर्षको बाबु दुवै चरित्रमा अभिनय गरेका छन् ।

0 comments:

Post a Comment