Monday, August 17, 2015

लामखुट्टे र कुकुर भगाउन मोबाइल एप


काठमाडौं, भदौ १ । तपाईलाई लामखुट्टे वा कुकुरले तनाव दिइरहेको छ ? छ भने धन्दा नमान्नुस्, एउटा मोबाइल एपले तपाईलाई मद्दत गर्न सक्छ । लामखुट्टेबाट जोगिनका लागि केमिकलयुक्त प्रविधि प्रयोग गर्दा मानिसमा त्यसको ‘साइड इफेक्ट’ पनि हुन सक्छ । तर यो एपले कुनै ‘साइड इफेक्ट’ विना तपाईलाई लामखुट्टे र कुकुरको तनावबाट मुक्ति दिन्छ । Hertzier नामक एप आफ्नो स्मार्टफोनमा डाउनलोड गरेपछि यसबाट निस्कने ‘हाइ फ्रिक्वेन्सी’ आवाजले लामखुट्टे र कुकुरलाई भगाउँछ । यो एपमा लामखुट्टेका लागि छुट्टै आवाज छ भने कुकुरका लागि छुट्टै आवाज उपलब्ध छ ।

लामखुट्टे र कुकुरलाई पटक्कै मन नपर्ने आवाज यो एपको मद्दतबाट तपाईको स्मार्टफोनले निकाल्छ । तर यसरी निस्कने आवाज मानिसले भने सुन्न सक्दैन । कुकुर र लामखुट्टेका लागि त्यो आवाज कति चर्को बनाउने भन्ने चयन गर्न एउटा स्लाइडरको मद्दत लिन सकिन्छ । यो एपको ‘फ्रि भर्सन’ पनि उपलब्ध छ तर यसमा केही आवाज उपलब्ध छैनन् । तर केही रकम खर्च गरेमा यो एपले लामखुट्टे र कुकुर भगाउन उपयुक्त सबै आवाजसहितको सेवा तपाईका लागि उपलब्ध गराउन सक्छ । (एजेन्सी)

0 comments:

Post a Comment