Monday, August 17, 2015

बिजुलीको ट्रान्सफर्मर पड्किँदा दुई जनाको मृत्यु


तनहुँ, भदौ १ – तनहुँको शुक्ला गण्डकीमा विद्युतको ट्रान्सफर्मर पड्किँदा २ जनाको ज्यान गएको छ । शुक्ला गण्डकी नगरपालिका–९ अर्चलमा विद्युतको ट्रान्सफर्मर पड्किँदा अरु ६ जना घाइते भएका छन् ।
ज्यान जानेमा शुक्लागण्डकी–९ की ३० वर्षकी दुर्गा न्यौपाने र उनकी ५ वर्षकी छोरी खुशी न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ट्रान्सफर्मर विष्फोट भएपछि स्थानीय २ घरमा प्रवाह भएको हाइभोल्टेजका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालले बताउनुभयो ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर अवस्थाका दुई जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा नै उपचार भैरहेको छ ।

0 comments:

Post a Comment