Thursday, August 6, 2015

यस्ता ६ चिजहरु घरमा कहिल्यै नराख्नु



आफ्नो घरमा सुख सान्ति होस् भन्ने सबैको चाहाना हुन्छ । टुटेफुटेका बस्तुले घरमा दरिद्रता भित्र्याउछ भन्ने गरिन्छ । त्यसैले यस्ता ७ बस्तु जो टुटफुट अवस्थामा छन् तेस्ता वस्तुलाई घरमा नराख्नु राम्रो हुन्छ ।
१.टुटेफुटेका भाँडाकुँडा :
प्राय मानिसहरु कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर टुटे फुटेका भाँडाकुँडा घरका कुना कुनामा राख्ने गरेका हुन्छन् । तर त्यसरी टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यसैले टुटेफुटेका भाँडाकुँडा घरमा राख्नाले काम नलाग्ने बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न हुन्छ ।फलस्वरुप अनिष्ट मात्र हुन्छ ।

२. टुटेको ऐना
टुटेको ऐना राखनु वास्तुको अनुसार एक ठूलो दोस हो । यस दोसको कारण घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । अथवा परिवारका सदस्यलाई मानसिक तनावका सामना गर्नुपर्छ ।

३.खराब घडी
खराब घडी घरमा राख्नु हुँदैन । यसले के जनाउँछ भने घडीको स्थितिबाट हाम्रो घरपरिवारको उन्नती प्रगति हुन्छ । यदी घडी सही छैन भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्ने र सामाना गरेका कामपनि समयमै पुरा नहुने आदी हुन्छ ।

४.टुटेफुटेका फर्नीचर
दैनिक प्रयोगमा आउने फर्निचरहरु पनि टुटेफुटेका छन् भने तिनलाई पनि मर्मत गरिहाल्नु राम्रो किनकी वास्तु अनुसार टुटेका फुटेका चिजबस्तु सँगालि राख्नु शुभ मान्दैन । घरमा समस्या मात्रै देखिन्छ । कुनै पनि काम तुरुन्त सफल हुँदैन ।

५.टुटेका झ्यालढोका
मुख्य ढोका झ्यालढोका पनि टुटेका छन् भने तिनीहरुलाई पनि फेर्नु या मर्मत गरिहाल्नु पर्छ यसले पनि नकरात्मक उर्जा प्राप्त गर्छ शुभकार्य हुन दिँदैन ।

६.टुटेफुटेका तस्बिर
घरमा टुटेफुटेका तस्बीर हरु छन् भनेपनि हटाई हाल्नु पर्छ । बास्तुका अनुसार यस्ता बस्तु दोष युक्त मानिन्छ ।


0 comments:

Post a Comment