Thursday, August 6, 2015

बिहानै खोलाको बगरमा शव भेटियो


सोलुुखुम्बु, साउन २१

सोलुखुम्बुको नेचा बतासेमा आज बिहान एक पुरुषको शव फेला परेको छ। 
 
नेचा बतासे–४ बस्ने ५४ वर्षीय लालबहादुर राईको शव नेचा बतासे वडा नं ३ र ५ को बीचमा पर्ने सम्सले खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 
 
इलाका प्रहरी कार्यालय नेचाका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको थियो। 
 
साउन १५ गते बिहान घरबाट हिँडेका राई आज बिहान मृत भेटिएका हुन् । मानसिक सन्तुलन ठीक नभएका राईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment