Monday, August 17, 2015

पालैपालो कक्षा ४ का विद्यार्थीलाई कक्षाकोठामा नै पढाउने बहानामा यौन दुराचार गर्ने प्रअ पक्राउ



सो विद्यालयमा कक्षा चारमा अध्ययनरत रहेका सबै बालिकाहरु प्रअको यौन दुराचारबाट पीडित भएका छन् । प्रअ गैहेले विगत एक बर्षदेखि पालैपालो कक्षा कोठामा नै पढाउने बाहानामा बालिकाहरुलाई यौनदुराचार गर्ने गरेको पीडित बालिकाहरुले बताए ।
गएको शुक्रबार आफ्ना छोरीहरु विद्यालय जान नमानेपछि अभिभावकले बालिकालाई किन विद्यालय नजाने भनि प्रश्न गर्न थालेपछि उक्त घटना बाहिर आएको हो ।
घटनालाई लिएर गत शनिवार समुदायका अभिभावकहरु भेला भई सो सवालमा के गर्ने भनि छलफल गर्दा प्रहरीमा उजुरी गरि पीडक शिक्षकलाई कारबाही गर्ने निर्णयमा पुगेपछि अभिभावकहरु चापाकोट प्रहरी चौकीमा पुगेका थिए ।
प्रहरी चौकीले बाल यौन दुराचारको सवालमा प्रमाण नहुँदासम्म कुनै व्यक्ति पक्राउ गर्न नसक्ने भनेपछि अभिभावकहरुले नै पीडक शिक्षकलाई पक्राउ गरी प्रहरी चौकीमा बुझाएको अभिभावकहरुले बताए ।
यहि आइतबार पीडित बालिकाहरु, अभिभावकहरु र पीडक शिक्षक जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि सोमबार पीडक शिक्षकलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको छ ।
पीडक शिक्षकले बर्ष ८ देखि १० सम्मका बालिकाहरुलाई नियमित रुपमा आफ्ना यौन अंग चलाउन लगाउने र बालिकाको यौन अंग र अन्य संवेदनशिल अंग चलाउने र यस कुरा कसैलाई भनेमा कडा दण्ड दिने भनेको हुदाँ आफूहरुले अभिभावकहरुलाई समेत नभनेको पीडित बालिकाहरुले बताए ।
सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा बुझ्दाखेरी मुद्दा दर्ताको प्रक्रियामा रहेको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवार बताउँछन् ।
जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बद्री प्रसाद वाग्लेले बाल–बालिकाको सवाल अत्यन्त संवेदनशिल विषय भएको र बालिकाहरु नियमित रुपमा यौन दुराचारमा परेको हुदाँ बालिकाहरुको संरक्षणमा आवश्यक कानुन तथा अन्य सहयोग उपलब्ध गराउने बताउँदै त्यस सवालमा गहिरो तरिकाले अनुसन्धान हुने बताए ।
बालिकाहरुको परिवारसँग पनि नियमित सम्पर्कमा रहि कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बाल अधिकार अधिकृत वाग्लेले बताए ।

0 comments:

Post a Comment