Monday, August 17, 2015

नेपाल टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज


काठमाडौं, साउन ३२ । नेपालको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। टेलिकमले मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको हो । टेलिकमले प्याकेजलाई तीन प्रकारमा वर्गिकरण गरेको छ। ब्रोञ्ज प्याक अन्र्तगत २०० एमबीको १३० रुपैयाँ पर्नेछ भने ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ। यो समूहमा लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ। त्यस्तै सिल्भर प्याक अन्र्तगत एक जिबी डाटा ५ सय रुपैयाँमा महिनाभरि चलाउन सकिने र तीन जिबी डाटा १ हजार २ सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने छ। टेलिकमको गोल्ड प्याक अन्र्तरगत पाँच जिबीको डाटा १८ सय रुपैयाँमा तीन महिना चलाउन सकिन्छ। साथै १० जिबी डाटा २८ सय रुपैयाँमा ६ महिना चलाउन सकिने छ। डाटा सुविधा लिन आफूले चाहेको डाटा भोल्युम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। प्रयोग गरेको डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ। टेलिकमले डाटा प्रति एमबी २७ पैसाभन्दा कम पर्ने दाबी गरेको छ। यो प्याकेजको दरमा कर समावेश नगरिएको टेलिकमले जनाएको छ ।


0 comments:

Post a Comment