Monday, August 17, 2015

तिते करेला खाँदा स्वास्थ्यलाई धेरै फाइदा


तिते करेला प्रायलाई तितो भएकै कारण मन पर्दैन। तर उनीहरुलाई त्यसको फाइदा थाहा नभएर पनि हुन सक्छ।

तितो करेला खाँदा शरीरका लागि भने निकै फाइदाजनक छ। यसमा रहेको गुणले स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट बचाउँछ। करेलामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस लगायतका धेरै तत्वहरुले भरीपुर्ण भएको हुन्छ। अहिले किसानहरुले पनि व्यवसायिक रुपमा नै करेलाखेती गर्न थालेका छन्। विभिद तत्वले भरिपूर्ण करेला खाँदा स्वास्थ्य र सौन्दर्यका लागि विभिन्न फाइदा पुग्छ।
 मधुमेह रोग नियन्त्रण राख्न मद्दत गर्छ।
जन्डिस र  पत्थरी हुनबाट बचाउँछ
पेट दुःख्ने समस्या कम गराउँछ
जोर्नी दुःख्ने समस्याबाट मुक्त गराउँछ।
पिसाब पोल्ने समस्या निराकरण गर्छ
अनुहारको दागबाट मुक्ति गराउँछ।
छाला स्वस्थ्य राख्न मद्दत गर्छ
पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।

0 comments:

Post a Comment