Monday, August 17, 2015

‘लब सब’ लाई लस्टसोसाईटिको साथ


आउँदो भाद्र २५ गते देखी देशव्यापी प्रदर्शनमो तयारीमा रहेको नेपाली कमेडी चलचित्र ‘लब सब’ को प्रचार प्रसार यति बेला आक्रमक तरिकाले अगाडी बढिरहेको छ । प्रदर्शन मिति नजिकदै गर्दा चलचित्रको जम्बो यूनिट नै चलचित्रको प्रचारमा तन मन लगाएर अगाडी बढेको दखिन्छ । राम्रो चलचित्र सँधै सफल हुन्छ भन्ने मूल नाराका साथ यूवाहरु नै चलचित्र लब सबको प्रचारमा हिँडेका छन् । नेपालका विभिन्न ठाउँहरुमा समाज सेवामा जुटेका युवाहरु काम गर्दै आएको Lostsociety Organization का अमन बिक्रम थापा र उनका हजारौँ सदस्यहरुले समेत चलचित्र लब सब टिमलार्इ सफलताको शुभकामना साथै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

आर बि इन्टरटेन्मेण्टसँग कुरा गर्दै संस्थाका अध्यक्ष थापाले चलचित्र लब सब युवाहरुलाई टार्गेट गरेर बनेको र चलचित्रको टिजर हेरेपछि आफुलाई एकदम मन परेको हुँदा चलचित्रलार्इ आफुले साथ दिने र आफ्ना देशभरि छरिएर रहेका सदस्यले राम्रो चलचित्र हेर्नबाट बन्चित नहुन भनेर समेत सहयोग गरेको बताए । उनले अगाडी भने, ‘मैले र मेरा सदस्यहरुले राम्रो चलचित्र आए सधै सहयोग गर्ने छौं म सबैलाई एक पटक आग्रह गर्न चाहन्छु की चलचित्र लब सब एक पटक सबैले हेरिदिनु होला’ । कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

0 comments:

Post a Comment