Monday, August 17, 2015

पारसको प्रेमिकाले गरिन् हिमानीबारे आपत्तीजनक पोस्ट


काठमाडौं, साउन ३२– पुर्व युवराज पारस शाहको प्रेमिका भनिएकी थाई युवती कन्निका चाइर्सानले आफ्नो फेसबुकमार्फत पूर्व युवराज्ञी हिमानी शाहबारे आपत्तीजनक पोष्ट गरेकी छन् । उनले आफ्नो फेसबुक वालमा छुट्टाछुट्टै स्टाटस र फोटो पोष्ट गर्दै हिमानीबारे आपत्तीजनक टिप्पणी गरेकी हुन् । उनले हिमानीले नाभीमा रिङ लगाएको फोटो राख्दै हिमानीको अपमान गर्ने काम गर्दै फेसबुकको दुरुपयोग समेत गरेकी छन् । सो फोटोमा नेपाली भाषामा आपत्तीजनक शब्द लेखिएका छन् ।

एकाएक उनले यसरी किन लेखिन् भन्ने बारे खुल्न सकेको छैन भने पोष्टको कमेन्ट बक्समा नेपालीहरुले कन्निकाको कडा आलोचना गरेका छन् । हिमानीबारेको आपत्तीजनक फोटो पोष्ट गरेको एक घण्टापछि उनले अंग्रेजीमा लेखेको अर्को स्टाटसमा भनेकी छन्, ‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् ।’
यसअघि केहि महिनाअघि कन्निकाले आफूलाई पारस विवाहित र नेपालको सम्मानित व्यक्ति भएको थाहा नभएको भन्दै नेपालीसँग सामाजिक सञ्जालमार्फत नै क्षमयचना मागेकी थिइन् ।
स्मरण रहोस् पारस थाइल्याण्डमा बस्दा उनीहरुबीच सँगै बस्थे भने उनलाई हृदयघात हुँदा कन्विकाले नै हेरचाह गरेकी थिइन् । थाइल्याण्डबाट फर्किएर केहि महिना यता पारस नेपालमै रहेका छन् ।

0 comments:

Post a Comment