दर्जनौ चलचित्रमा अभिनयका अलावा केहीमा निर्मातासमेत रहिसकेकी शुभच्छाले ‘बिन्दास–३’ले आफ्नो अभिनय करिअरमा नयाँ अध्याय थप्ने विश्वास लिएकी छन् । शुभेच्छा भन्छिन्, ‘बिन्दास–३’ मा झनै हट सीन दिएकी छु ।’ उनले विषयवस्तुअनुसार चलचित्रमा अंगप्रदर्शन गरेकी बताइन् ।
‘कथाले मागे दिनु सक्नुपर्छ’ भन्ने मान्यताकी शुभेच्छा हट मात्र नभएर कोल्ड पनि बन्ने गरकी छन् । ‘बिन्दास–३’ को हट अवतार सेलाउन नपाउँदै शुभेच्छा चलचित्र ‘मखमली’ मा ‘कोल्ड’ भूमिकामा देखिनेछिन् । समाजसेवी चरिमाया तामाङको जीवनीमा आधारित भनिएको चलचित्र ‘मखमली’ मा शुभेच्छा एक शसक्त नारीको भूमिकामा देखिँदैछिन् ।
उनी भन्छिन्, ‘यो चलचित्रमा गाउँदेखि सहरसम्म मखमलीले गरेको संघर्षलाई उतारिएको छ । चलचित्रमा मैले मखमली नामकी युवतीको भूमिका निर्वाह गरेकी छु ।’ उनले चलचित्र चरिमयााकै जीवनमा आधारित नभए पनि उनको जीवनसँग मेल खाने बताइन् । ‘मखमली’ को निर्माण शुभेच्छाले नै गरेकी हुन् । राजु गिरीले निर्देशन गरेको ‘मखमली’ मंसिर अन्तिम साता रिलिज गर्ने लक्ष्य रहेको शुभेच्छाले सनाइन् । एक महिनाकै अन्तरमा दुई फरक भूमिकामा देखिन लागेकी शुभेच्छाले भनिन्, ‘म कलाकार हुँ । त्यसैले फरक–फरक भूमिकामा देखिनु कुनै नौलो होइन ।’ तर, उनी साधारणभन्दा पनि आधुनिक नारीको भूमिमा गर्न रुचाउँछिन् । उनी भन्छिन्, ‘समय सापेक्षित आधुनिक नारीको भूमिका गर्दा मलाई आनन्द लाग्छ ।
’ तस्बिर : शिवलाल श्रेष्ठ/तस्बिर स्टुडियो बागबजार







0 comments:
Post a Comment