Thursday, August 6, 2015

टाइट पाइन्ट लाउँदा ऐश्वर्याको ज्यान गयो


भारत । महाराष्ट्रको कोल्हापुरमा बस्दै आएकी ऐश्वर्या नाम गरेकी एक किशोरी लाई छोटा कपडा र टाइट पाइन्ट लगाएको निहुमा आफ्नै दाजुले कुटिकुटी हत्या गरेका छन् । मानसिक समस्यामा रहेका दाजु ओंकारले बहिनि ऐश्वर्याले टाइट पाइन्ट लाएको मन पराउँदैनथिए । मंगलबार बहिनीको रूममा पसेर बहिनीलार्इ कलेज जाने बेलामा टाइट लुगा नलगाउन ओंकारले चेतावनी दिए । सोही विषयमा दाजु र बहिनीको विवाद भएपछि उनले बहिनि लाई कुटी कुटी हत्या गरेको भारतीय संचार मध्यमहरुले जनाएका छन् ।
दाजु बहिनीको झगडाको चर्को आवाज सुनेपछि आमाले ढोका खोल्न ढकढक्याएकी थिइन् । ढोका खोलि भित्र पस्दा छोरिको अर्धचेत अवस्था देखेपछि गाउलेको सहयोगमा ऐश्वर्यालाई तत्काल अस्पताल लगियो । ओङ्कारलार्इ छिमेकीले तत्कालै प्रहरीको जिम्मा लगाए । मानसिक विमारी रहेका ओंकारले प्रहरीसँग आफ्नो अपराध स्वीकार गरेका छन् । एजेन्सी ।

0 comments:

Post a Comment