Thursday, August 6, 2015

‘पोर्न’ प्रतिबन्धका बारेमा सन्नी लियोनलको यस्तो प्रतिक्रिया


भारतको केन्द्रिय सरकारले ८०० भन्दा बढी पोर्न वेबसाइटमा प्रतिबन्ध लगाएपछि सरकार धेरै नै आलोचित बनिरहेको छ । सामाजिक सञ्जालमा खुलेरै विरोधमा उत्रिनेमा अधिकांश बलिउडकर्मीहरु मात्र होइन प्रतिपक्षमा बस्ने राजनीतिक दलका नेता पनि देखिए । सरकारले व्यक्तिगत आकांक्षालाई संकुचित पार्न खोजेको आरोप उनीहरुले लगाएका छन् ।
यतिञ्जेलसम्म केही नबोलेकी पूर्व–पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनले हाल फेसबुकमा मौन प्रतिक्रिया जनााएकी छिन् । कुनै समय भारतीय टेलिश्रृंखला बिग बोसमा भाग लिन आउँदा महेश भट्टले ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गराएपछि सन्नीले भारतमा पनि पोर्न विस्तार गर्न सक्छिन् भन्दै भारत सरकारको निगरानीमा परेकी उनले हाल सरकारले पोर्न प्रतिबन्ध गर्दा सन्नीको कस्तो प्रतिक्रिया आउला भन्ने धेरैको चासो थियो ।
तर, अन्य बलिउडकर्मी विरोधमा बोलिरहँदा पोर्नजन्य क्रियाकलापमा विगतमा प्रत्यक्ष र हाल अप्रत्यक्ष संलग्नता राख्ने सन्नीले फेसबुकमा आफ्ना पतिसँग एउटा फोटो सेयर गरेकी छिन् । फोटोमा दुईवटा स्माइलीसँगै डेनियल वेबर, द डिस्प्यारोज, सन्नी लियोन ट्याग गरिएको छ त्यसबाहेक फोटोमा केही लेखिएको छैन तर, उनका पतिले लगाएको टि–सर्टमा ‘सेक्स सेल्स’ लेखिएको छ ।
यस्तो फोटो राख्नुमा कतै उनले मुखै फोर्न नसकेर दिएको सांकेतिक प्रतिक्रिया त होइन ? भन्ने चर्चा चल्न थालेको छ।

0 comments:

Post a Comment