Thursday, August 6, 2015

राष्ट्रिय प्रकृति सरंक्षण कोषमा ७१ जनाको लागि जागिर खुल्यो


 राष्ट्रिय प्रकृति संरक्षण कोषले  वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकदेखि सहयोगी पदसम्मका लागि  आवेदन फर्म खुलाएको छ। संरक्षण कोषले पद पुर्तिको लागि ७१ जनालाई करारमा जागिर खुलाएको हो।
 इच्छुक व्यक्तिले आगामी भदौ ३ गतेसम्म वन विज्ञान, वातावरण विज्ञान वा जीव विज्ञानमा स्नातक उत्तिर्ण र सम्बन्धित क्षेत्रमा दुई वर्ष अनुभव भएका व्यक्तिले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकमा आवेदन दिन सक्ने बताइएको छ। त्यस्तै सहयोगी पदका लागि आठ कक्षा उत्तिर्ण र वन्यजन्तु सम्बन्धी अनुभव भएका व्यक्तिले सहयोगीमा आवेदन दिन पाउने गरि आवेदन फर्म खुलाएको छ।


१८ वर्ष देखि ४० वर्षसम्मका व्यक्तिले कोषमा आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ।
सञ्चालन गरिने आयोजनाका लागि खुला प्रतियोगिताबाट कोषले दातृ निकायसँग भएको सम्झौताका आधारमा पदपुर्ति गर्न लागिएको हो।कोषको केन्द्रीय कार्यालयदेखि गोरखा, बर्दिया, कञ्चनपुर, दोलखा, अन्नपूर्ण संरक्षण क्षेत्र, चिडियाखाना जावलाखेल र सौराहा चितवनका लागि कर्मचारी माग गरेको हो।

0 comments:

Post a Comment