Wednesday, August 5, 2015

इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणलाई ६८ लाख कित्ता सेयर दिने


सर्वसाधारणको लगानी ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले दिएको निर्देशनपछि नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणका लागि थप ६८ लाख कित्ता सेयर जारी गर्ने भएको छ। नेपाल स्टक एक्सचेन्जलाई बैंकले ६८ लाख कित्ता एफपीओ सेयर जारी गर्ने जानकारी गराएको छ।  दोस्रो सेयर बजारमा मूल्याङ्कन गरिएको सेयर मूल्यभन्दा कम्तीमा ५० रुपैयाँ कमले यो सेयरको प्रतिकित्ता मूल्य निर्धारण हुनेछ। हाल ४ अर्ब ७७ करोडको चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले सो साधारण सेयर जारी गरेपछि ५ अर्ब ४५ करोड पुग्नेछ।  बैंकमा अहिले सर्वसाधारणको ९५ लाख ४० हजार कित्ता सेयर छ। जुन कुल सेयरमध्ये २० प्रतिशत मात्रै हुन आउँछ। यसैलाई ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो।

0 comments:

Post a Comment