Wednesday, August 5, 2015

कतार अवार्डमा केकी, नम्रता, प्रियंका, ऋचा र नन्दिताको भिडन्त


नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि कुल ३३ विधाका नोमिनेशन सार्वजनिक गरेको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कुल ३३ विधा र पपुलर विधातर्फका ३ विधाका नोमिनेशन सार्वजनिक गरिएको हो ।केही कलाकार र पत्रकारहरुको बाक्लो उपस्थितीमा गरिएको नोमिनेशन सार्वजनिक कार्यक्रममा बोल्दै जुरीका संयोजक नारायण पुरीले लामो छलफल र सुक्ष्म रुपमा चलचित्र हेरेपछि नोमिनेशन निकालिएको बताए । यस्तै, अर्का जुरी भरत शाक्यले नेपाली चलचित्रको विकास भएको बताउँदै लेखनमा अझै समस्या भएको बताए ।


यस्तै, नेफ्टा अवार्डका संयोजक शिव पुरीले जुरीहरुले कुनै झन्झट नमानी चलचित्र हेरिदिएकाले आज यो संभव भएको बताए । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले नेफ्टाले चलचित्र क्षेत्रको विकासका लागि नै यस्ता कार्यक्रम गर्दै आएको बताए ।करिब ५० वटा चलचित्र जुरीहरु नारायण पुरी, करुण थापा, भरत शाक्य, रक्षा सिंह, विरेन्द्र हमाल र विशेष श्रेष्ठले हेरेका थिए । यो बर्षबाट नेफ्टा आदिवासी चलचित्रलाई पनि अवार्डमा समावेश गराएको छ । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँगको सहकार्यमा यो बर्ष कतारमा अवार्ड आयोजना हुनेछ । यो बर्ष उत्कृष्ट चलचित्रको विधामा ‘जेरी, कबड्डी, लज्जा, नोभेम्बर रेन र टलकजंग भर्सेस टुल्के’ ५ भित्र परेका छन् । यस्तै, उत्कृष्ट नायकको विधामा आर्यन सिग्दे, दयाहाङ राई, जिवन लुइटेल, खगेन्द्र लामिछाने र सौगात मल्लविच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट नायिकाको विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, नन्दिता केसी, प्रियंका कार्की र ऋचा शर्माविच भिडन्त हुने भएको छ ।

0 comments:

Post a Comment