Wednesday, August 5, 2015

ब्याटले लागेर ९ वर्षीय बेसबल खेलाडीको मृत्यु




साउन, काठमाडौं । बेसबल खेलका क्रममा ब्याटले टाउकोमा लागेर अमेरिकामा एक ९ वर्षीय बेसबल खेलाडीको मृत्यु भएको छ ।
नेशनल बेसबल कंग्रेस वर्ल्ड रिसिज अन्तरगत शनिवार कन्सासको विचिटामा भएको खेलका क्रममा लिबरल बी जेज क्लबका खेलाडी केइजर कार्लिलको टाउकोमा ब्याटले लागेको थियो । सानडियगो वेभ्स विरुद्धको खेलका क्रममा ब्याटले टाउकोमा लागेर गम्भीर घाइते भएपछि उनलाई तत्कालै एम्बुलेन्समा चढाएर अस्पताल लगिएको थियो । उनको आइतबार मृत्यु भएको हो ।लिबर बी जेज क्लबका अध्यक्ष नाथन म्याकक्याफ्रीले आइतबार बेलुकी केइजरको मृत्यु भएको पुष्टि गरेका छन् ।साथै उनले यो दुखद घडीमा शोकाकुल परिवार तथा क्लबलाई साथ दिन पनि सबै शुभेच्छुकलाई आग्रह गरेका छन् । क्लबको फेसबुक पेजमा धेरैले मृतक बालक खेलाडीप्रति श्रद्धान्जली दिएका छन् । खेलका क्रममा केइजर घाइते भएर अस्पताल लगिएपछि पनि खेल भने रोकिएन र बी जेजले १३ इनिंग्समा १२-५ ले खेल जित्यो ।

0 comments:

Post a Comment