Monday, August 17, 2015

तनहुँमा करेन्ट लागेर आमा-छोरीको मृत्यु हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा ६ घाइते


१ भदौ, दमौली । तनहुँको शुक्ला गण्डकी नगरपालिका-९ अर्चलेमा विद्युतको ट्रान्समिटर पड्किँदा आमा-छोरीको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पडि्कँदा ३० वर्षीया दुर्गा न्यौपाने र उनकी पाँच वर्षीया खुशीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए । उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर पड्केर घरमा करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर ७५ वर्षीय शालीग्राम न्यौपाने र ३३ वर्षीय निलकण्ठ न्यौपाने गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीया सुकमाया नेपाली, २० वर्षीया सम्झना नेपाली, १८ वर्षीया फूलमाया नेपाली र १६ वर्षीय मिलन नेपाली सामान्य घाइते भएका छन् ।  उनीहरुको सेतीगंगा सामुदायिक अस्पताल दुलेगौंडा तनहुँमा उपचार भइरहेको छ ।

0 comments:

Post a Comment