Monday, August 17, 2015

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


अर्घाखाँची, भदौ १ – अर्घाखाँचीको धारापानीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सोमबार राति लु१ज १७४७ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी धारापानी–७ का २७ वर्षका नारायण केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । केसीको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । धारापानी–७ बाट धारापानी–५ उपल्लापोखराका लागि छुटेको जीप सडकबाट झण्डै ६० मिटर तल खसेको छ ।

0 comments:

Post a Comment