Monday, August 17, 2015

जुम्लामा जारी प्रदर्शनले उग्र रुप लियो, कर्फ्यु जारी



जुम्ला, भदौ १ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै मंगलबार पनि कर्फ्यु  आदेश जारी गरिएको छ ।
आइतबार साँझबाट लगातार लगाईंदै आइएको कफ्र्यु आदेश मंगलबार पनि जारी रहेको हो ।
मंगलबार बिहान सात बजेदेखि आठ बजेसम्म एक घण्टाका लागि कर्फ्यु  आदेश हटाएर पुनः लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

१० दिनदेखिको लगातार बन्द र प्रदर्शनको कारण आक्रान्त बनेको जुम्ला कफ्र्युमा पनि प्रदर्शन उग्र बनेपछि सुरक्षाकर्मी थप गरी सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
अहिले बजारभर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । दश दिनदेखिको बन्दको कारण जुम्लामा शैक्षिक संस्था, बजार, कलकारखानासहित हवाई सेवा समेत ठप्प बनेको छ ।
जिल्लामा खाद्यान्न अभाव देखिएको छ भने सरकारी कार्यालयदेखि जिल्लामा रहेको एकमात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडि सेवा समेत बन्द रहेको छ ।
जिल्लामा क्रियासिल सबै राजनीतिक दलहरुको साथै गाउँगाउँबाट सर्वसाधारण सदरमुकाम केन्द्रित भएर प्रदर्शन शुरु गरेपछि आन्दोलन हिंसात्मक बन्दै गएको हो ।
विशेष अधिकार सहितको कर्णाली राज्यको माग गर्दै जुम्लामा आन्दोलन शुरु भएको हो । कर्णाली अञ्चलका अन्य जिल्ला हुम्ला, मुग, कालिकोट र डोल्पामा पनि बन्द जारी छ ।

0 comments:

Post a Comment