म्याग्दी– नेपालको नक्सासँग मिल्ने जिल्ला कुन हो भन्ने प्रश्न सामान्य ज्ञान र लोकसेवा आयोगले लिने विभिन्न तहका परीक्षामा पटक–पटक दोहोरिन्छ । अहिलेसम्म सबैले बागलुङ भनेर जवाफ दिने गरेका छन् । अब भने त्यो गलत हुनेछ । प्रमुख चार राजनीतिक दलबीच शुक्रबार भएको सहमतिमा बागलुङको ढोरपाटन र बुर्तिबाङलाई प्रदेश नम्बर ५ मा राखिएपछि नेपालभित्रको 'सानो नेपाल'को नक्सा बिग्रिएको छ । तीन निर्वाचन क्षेत्र रहेको बागलुङको क्षेत्र नं ३ को धेरैजसो भूभाग छिमेकी प्रदेशमा पर्ने भएको छ । 'बागलुङलाई तहसनहस बनाउने गरी सीमांकन गरिएको छ । जिल्लाकै अस्तित्व खतरामा पर्ने गरी विभाजन गर्न दिँदैनौं,' मानवअधिकारकर्मी राम शर्माले भने । उनले सहमतिका नाममा सामारिक हिसाबले महत्वपूर्ण क्षेत्र बागलुङलाई जनदबाबबाटै अखण्ड बागलुङ घोषणा गराउन बाध्य बनाउने बताए । उनले यसमा स्थानीय राजनीतिक दल, नागरिक समाजसहित सम्पूर्ण धौलागिरी अञ्चलबासी एकजुट हुनुपर्नेमा जोड दिए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment