Thursday, August 6, 2015

यी हुन् स‍ंसारमा सबैभन्दा बढी बिक्ने ५ उत्पादनहरु


कोकाकोला, पेप्सी, लेज जस्ता उत्पादनहरु संसारभरका मानिसहरुले मनपराउने पाइएको छ। मानिसहरुले यी कम्पनीको पहिचान र यीनका उत्पादनमा गर्ने विश्वासले पनि यी उत्पादनहरुको अन्तराष्ट्रिय रुपमै बजार राम्रो रहेको छ।



विश्वभरमा मनपराइने उत्पादनहरुको बारेमा अनुसन्धान गर्ने कन्ज्यूमर इनसाइट रिसर्च ग्रुप क्यान्टर वर्ल्ड प्यानलले जारी गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी बिक्ने उत्पादनहरु यसप्रकार रहेका छन्।

१. कोका कोलाः ५७ लाख २० हजार परिवार
कोका कोला संसारभरिमा सबैभन्दा बढी बिक्ने उत्पादन हो। यसको विक्री सबैभन्दा बढी अमेरिकाको बजारमा हुन्छ जहाँ यसलाई हेल्दी वेभरेजको रुपमा विक्री गरिन्छ।

२.कोलगेटः ३९ लाख ९० हजार परिवार
कोलगेट संसारभरिमा सबैभन्दा बढी बिक्ने दोस्रो ब्राण्ड हो। थुप्रै फ्लेवरमा आउने कोलगेट धेरै मानिसहरुको रोजाइमा परेको छ र यसको बजार वार्षिक ३ प्रतिशतका दरले बढिरहेको बताइएको छ।

३. म्यागी, नेस्लेः २७ लाख ६० हजार परिवार
म्यागी संसारमा सबैभन्दा बढी बिक्ने तेस्रो उत्पादन हो। म्यागीको भारत र मलेसियामा सबैभन्दा ठूलो बजार रहेको छ। मलेसियामा म्यागीको ३९ प्रतिशत र भारतमा ६० प्रतिशत बजार रहेको बताइएको छ। केही समयअघि म्यागीमा आएको विवादका कारण भारतमा म्यागीको बजार हिस्सा केही घटेपनि नेस्लेले फेरि आफ्नो बजार विस्तार गर्ने प्रयास गरिरहेको छ।

४. लाइफव्वाय साबुन, यूनिलिभरः २३ लाख ४० हजार परिवार
संसारमा सबैभन्दा बढी बिक्नेको सूचिमा चौथो र एसियामा प्रथम स्थानमा पर्न सफल लाइफव्वाय साबुनले प्रचारको लागि एकदमै विशेष रणनीति अपनाएको छ। यसले आफ्नो साबुनलाई किटाणुनाशक भनेर प्रचार गरका कारण मानिसमाझ यो लोकप्रिय भएको बताइएको छ।

५. नेस्क्याफे, नेस्लेः २१ लाख ४० हजार परिवार
संसारभरीका कफिका पारखीहरु रहेका छन्। कतिपय स्थानमा यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको छ। यसैकारण पनि नेस्लेको नेस्क्याफे विश्वभरी रुचाइन्छ र यो सबैभन्दा बढी बिक्ने उत्पादनको पाँचौ स्थानामा पर्न सफल भएको छ।

0 comments:

Post a Comment