Sunday, June 5, 2016

वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिर, मृत्युको हल्ला चलाइएकोमा परिवारका सदस्य दु:खी


२४ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
उँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् ।
अस्पतालमै रहेका छोरा राजु गुरुङले अनलाइनखबरसँग भने, ‘बुबाको अवस्था अहिले पनि स्थिर छ । तर, उहाँको मृत्यु भयो भनेर केही पत्रिका र सोसियल मिडियामा झूठो प्रचार गरिएकोमा हामी परिवारजनलाई दु:ख लागेको छ ।’
ग्राण्डी अस्पतालका सूचना अधिकृत विनोद अधिकारीले पनि आफूले भर्खरै गुरुङलाई हेरेको र उनको अवस्था हिजोकैजस्तो स्थिर रहेको बताए ।
अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनेर भ्रामक हल्ला चलेपछि परिवारले दु:ख व्यक्त गरेको हो । यस्तो हल्ला निराधार भएको भन्दै ग्राण्डी अस्पतालले खण्डन गरेको छ ।
यसअघि उनलाई भारतको मेदान्त अस्पतालमा उपचार गराइएको थियो । एक महिनासम्म उपचार गरी उनी गत चैत १७ गते स्वदेश फर्किएका थिए । ८४ वर्षीय गुरुङमा उच्च रक्तचाप, मधुमेह, पार्किन्सोनिजम लगायतका समस्या देखिएको छ ।
गुरुङले ‘सैयौं थुागा फूलका हामी…’ बोलको राष्ट्रिय गीत र नेपाली सेनाको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…’ गीतमा संगीत भरेका छन् । त्यतिमात्रै होइन गुरुङका स्वर र संगीतबद्ध दर्जनौं गीत कालजयी छन् ।

0 comments:

Post a Comment