Sunday, June 5, 2016

स्नापच्याटले जित्यो टि्वटरलाई, दैनिक प्रयोगकर्ता १५ करोड


इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरको बाटो पछ्याउँदै इन्स्टान्ट मेसेजिंग एप स्नापच्याटले पनि लोकप्रियताको कसीमा टि्वटरलाई उछिनेको छ ।
ब्लुम्बर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झण्डै १५ करोड प्रयोगकर्ताले अहिले दैनिक रुपमा स्नापच्याटको प्रयोग गर्दछन् ।
स्थापनाको जम्मा ४ वर्ष पुगेको स्नापच्याटले तिव्र रुपमा प्रगति हासिल गर्ने क्रममा टि्वटरलाई पछि पार्न सफल भएको हो । प्लाटर्फममा गर्ने नियमित तथा तिव्र अपडेटका कारण आफुलाई गेम प्लाटर्फम जस्तै चलायमान एप बनाउन सफल भएको स्नापच्याटले धेरै युवा प्रयोगकर्ताको मन जित्न सफल भएको ब्लुमबर्गले जनाएको छ ।
गत डिसेम्बरमा दैनिक ११ करोड प्रयोगकर्ता रहेको स्नापच्याटले त्यसयता प्रयोगकर्ताको संख्या ह्वात्तै बढाउन सफल भयो र दैनिक प्रयोगकर्ताको संख्या १५ करोड पूराएको छ ।
जबकी टि्वटरका दैनिक प्रयोगकर्ताको संख्या १३ करोड ६० लाख छ । टि्वटर आफ्ना प्रयोगकर्ताको संख्या बढाउन त परै जाओस् टिकाउनै संघर्ष गर्नु परिरहेको छ ।
टि्वटरका मासिक सक्रिय प्रयोगकर्ता को संख्या ३१ करोड रहेको छ । यी मासिक सक्रिय प्रयोगकर्तामध्ये कति जनाले दैनिक रुपमा टि्वटर चलाउँछन् भन्ने कुरा टि्वटरले सार्वजनिक नगरेपनि गत वर्षको तेश्रो त्रैमासिक प्रतिवेदनमा टि्वटरले आफ्ना मासिक प्रयोगकर्तामध्ये ४४ प्रतिशतले दैनिक रुपमा टि्वटर लगइन गर्ने गरेको बताएको थियो ।
टि्वटरका सिइओ ज्याक डोर्सीले स्नापच्याटको सफलताको प्रसंसा गर्दै यो निकै अत्याधुनिक मेसेजिंग सर्भिस रहेको र टि्वटरले आफ्ना विरोधाभाष र नरुचाइएका पाटाहरु सुधार्न प्रयास गरिरहेको बताएका छन् । सन् २००६ मा सुरु हुँदा टि्वटर फेसबुकपछिको सबैभन्दा ठूलो सोसल नेटवर्कको रुपमा थियो ।
तर यसलाई विस्तारै फेसबुककै अन्य एपहरु, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएपले माथ दिए । अहिले अर्को मेसेजिंग एप स्नापच्याटले पनि फेसबुकलाई उछिनेको छ ।

0 comments:

Post a Comment