थरूहट/थारूवानका कार्यकर्ताले सीमांकनको विरोधमा चर्काएको आन्दोलन बिहानैदेखि चर्किएपछि मैनापुर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही शेल अश्रुग्यास र हवाई फायरसमेत गरेको बर्दियाबाट पत्रकार दीपक श्रेष्ठले बताए।
प्रहरीलाई उद्धृत गर्दै श्रेष्ठका अनुसार मैनापोखर प्रहरी चौकीमा कार्यरत हवल्दार देबबहादुर आन्दोलनकारीको आक्रमणबाट घाइते भएका छन्। आन्दोलनकारीतर्फ के कति क्षति भयो आइनसकेको उनले बताए।







0 comments:
Post a Comment