Thursday, September 3, 2015

निश्चल–स्वस्तिमाको बिहे चर्चा


काठमाण्डौं । सफल फिल्म ‘लुट’ का निर्देशक निश्चल बस्नेतको बिहे हुने खबर प्राप्त भएको छ । स्रोतका अनुसार निश्चलले प्रदर्शन भइरहेको फिल्म ‘होस्टेल रिटन्र्स’ कि कलाकार स्वस्तिमा खड्कासँग बिहे गर्ने कुरा चलिरहेको छ ।

निश्चल र स्वस्तिमाको पारिवारिक सम्बन्ध धेरै राम्रो रहेको बुझिएको छ । परिवारले नै उनीहरूको मंसिरभित्रै बिहे गर्ने गरी कुरा चलाइरहेको स्रोतको दाबी छ । यद्यपि, निश्चल र स्वस्तिमाले यसबारे केही भनेका छैनन् । स्रोत भन्छ, ‘उनीहरूको बिहे लगभग निश्चित छ ।’ स्वस्तिमा इन्जिनियरिङकी विद्यार्थी हुन् ।

0 comments:

Post a Comment