Thursday, September 3, 2015

लाखौँ मूल्य बराबरको मदिरा नष्ट


इलाम, १८ भदौ / पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ । प्रहरीले आर्थिक वर्ष ०७१÷७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा भन्दा गत आवमा अवैध रुपमा मदिराजन्य पदार्थ बढी भित्रिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अघिल्लो आवमा प्रहरीले रु एक लाख २५ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरेको थियो ।
बरामद गरिएका मदिरा भन्सारमा दाखिला नहुने भएकाले प्रहरी, भन्सारका कर्मचारी, स्थानीयवासीको रोहवरमा नष्ट गरिने गरेको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । रासस


0 comments:

Post a Comment