Monday, September 14, 2015

केकीको गोप्य कुरा : ‘फस्ट लभ’ छुट्यो, गर्मीमा पनि चाहिन्छ ब्ल्याङ्केट


अहिलेकी ब्यस्त नायिका हुन् केकी अधिकारी । म्युजिक भिडियोमा काम गर्दा गर्दै चलचित्रमा प्रवेश गरेकी केकीले ‘मसान’मा गरेको उत्कृष्ट अभिनय अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । उनका बुबा बद्री अधिकारी आफैंमा कुशल निर्देशक हुन् ।

उनको बुबाले बनाएको सिरियल ‘अबिरल बग्दछ ईन्द्राबति’ निकै चर्चित थियो । यी प्रतिभाशाली नायिकाले आफ्नो जीबनको केही गोप्यता भंग गरेकी छिन् । प्रस्तुत छ केकीका पाँच गोप्य कुरा उनकै शब्दमा :
प्रत्येक गाँसमा अचार
मलाई अचारको किरा भनेपनि हुन्छ । असाध्यै धेरै अचार खान्छु । आमाले सँधै भन्नुहुन्छ अचार धेरै नखानु । प्रत्येक गाँसमा अचार चाहिन्छ मलाई । टिमुर हालेर पिंधेको गोलभेडाको अचार एकदमै मन पर्छ । मेरै कारण मेरो घरमा गोलभेडाको खपत बढी हुन्छ ।
ब्ल्याङ्केट नओढी निन्द्र लाग्दैन
मौसम जतिसुकै गर्मीर् होस्, ब्ल्याङ्केट नओढी सुत्न सक्दिन । निकै गर्मी ठाउँमा पुगेपनि मलाई सुत्ने बेलामा ब्ल्याङ्केट नभई हुन्न ।
गौरी पढेर धेरै रोएँ
राष्ट्रकवि माधब घिमिरेको गौरी सबै भन्दा धेरै पढेको छु र निकै रोएकी छु । अहिले पनि गौरी पढ्न मन लाग्छ । नेपाली साहित्यमा गौरीको छुट्टै महत्व छ ।
चलचित्र हेर्दा र बुक पढेर आँशु झार्दा मलाई लाज लाग्दैन । धेरै चलचित्र हेरेर रोएकी छु । तीन दिनसम्म पनि लगातार पढेर रमाइलो गर्न सक्ने मान्छे हो म तर, बैशाख १२ गते आएको विनाशकारी भुकम्पछि मैले एक च्याप्टर पनि पढेको छैन । किताब पढ्नका लागि पनि लेख्न जस्तै माहौल चाहिन्छ त्यो माहोल अझै पाउन सकेको छैन ।
 ‘फष्टलभ’ छुट्यो
टाईम म्यानेज गर्न नसक्दा चलचित्र ‘फष्टलभ’मा काम गर्न पाईन । पछि फष्टलभ हिट भयो । मैले काम गरेको चलचित्र ठिकै चल्यो । आफ्नो चलचित्र कम चलेको भन्दा पनि ‘फष्टलभ’ धेरै चलेकोमा खुसी लाग्यो किनकी पहिलो प्रस्ताब मलाई नै आएको थियो ।

इलाभेन मिनेट चोरेँ
‘इलाभेन मिनेट’ भन्ने पुस्तक एकै बसाईमा पढीसकें । त्यो किताब प्राईम कलेजको लाईब्रेरीवाट चोरेर ल्याएको थिए । एक दिन गएर फिर्ता गर्ने सोचमा छु ।
म तीन चार जनासाथीहरुलाई मात्रै किताब दिन्छु । जसले मलाई फिर्ता गरेनन् भने पनि खोसेर ल्याउन सक्छु ।
पुस्तक मेलामा जाँदा प्रसस्त किताब किन्छु । तर, आमालाई देखाउदिन । किताब किनेकै कारण आमाले बालाई किचकिच गरेको देखेकी छु । मैले किताब किनेको कुरा आमालाई सकेसम्म थाह नहोस् भन्ठान्छु ।

0 comments:

Post a Comment