Monday, September 14, 2015

महोत्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका ६ जनाको अन्त्येष्टि हुन सकेन


महोत्तरी, भदौ २८ । महोत्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका ६ जनाको सोमबार गर्ने भनिएको अन्त्येष्टि हुन सकेन ।

शवयात्राको रुटबारे स्थानीय प्रशासनसँग कुरा नमिलेपछि अन्त्येष्टिको कार्यक्रम रोकिएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएका रोहन चौधरी, अमित कापर, रामविवेक यादव, वीरेन्द्र विच्छा, रामशीला देवी मण्डल र गणेश चौधरीको शव जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

मधेसी मोर्चाले अस्पतालबाट शवयात्रा सुरु गरेर जलेश्वरनाथ मन्दिर हुँदै खैराचोक जानुपर्ने माग गरेपनि स्थानीय प्रशासनले सो माग अस्वीकार गरेपछि अन्त्येष्टि हुन नसकेको हो ।

बजार क्षेत्रबाट शवयात्रा निकाल्दा झडप, तोडफोड वा अरु कुनै अप्रिय घटना हुनसक्ने भन्दै स्थानीय प्रशासनले सो रुट प्रयोग नगर्न आग्रह गरेको छ ।

यसैबीच, महोत्तरीमा सोमबार अपरान्ह ४ बजेदेखि ६ सम्मका लागि कर्फ्यु हटाइ पुनः लगाइएको छ ।

0 comments:

Post a Comment