धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे । त्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो ।
त्यसपछि उनलाई मृत घोषित गरियो । डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो | सोहि क्रममा खिचेको यो भिडियो हेर्नुहोस |







0 comments:
Post a Comment