Monday, September 14, 2015

राष्ट्रपतिले सभाध्यक्षलाई भेट्न मानेनन्



काठमाडौं, भदौ २९  । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभका अध्यक्ष सुवास नेम्वाङसँग भेट्न अस्वीकार गरेका छन् ।

असोज ३ गते संविधान जारी गर्ने निम्तोपत्र लिएर सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास जान लागेका सभाध्यक्ष नेम्वाङलाई राष्ट्रपति यादवले भेट्न अस्वीकार गरेका हुन् ।

राष्ट्रपति कार्यालयमा जानका लागि नेम्वाङले सोमबार साँझ ७ बजेको समय तय गरेका थिए । उनीसँगै संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसमेत जाने तयारी भएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतले भने संविधानसभाका अध्यक्ष नेम्वाङसँग सोमबार भेट्ने कुनै कार्यक्रम नरहेको जानकारी दिएको छ ।

0 comments:

Post a Comment