Wednesday, September 2, 2015

तेक्वान्दो खेलाडी रोहितले कसे लगनगाँठो, २ वर्षे प्रेमले पायो सार्थकता



काठमाडौं, भदौ १६ । तेक्वान्दो खेलाडी रोहित तामाङले २ वर्षे प्रेमलाई साथकता दिँदै लगनगाँठो कसेका छन् । सिन्धुपाल्चोकका २६ वर्षिय रोहितले नुवाकोटकी २१ वर्षकी सुनिता तामाङसँगको दुई वर्षे प्रेम सम्बन्धलाई सार्थकता दिँदै बुधबार वैबाहिक बन्धनमा परिणत गरेका हुन् ।

तेक्वान्दोका राष्ट्रिय खेलाडी रोहितले माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दोमा रजत पदक जितेका छन् । रोहितले लण्डन ओपन तेक्वान्दो प्रतियोगितामा कास्य पदक समेत जितेका थिए । सुनिता स्वास्थ्यकर्मी हुन् ।


0 comments:

Post a Comment