Wednesday, September 2, 2015

गच्छदारले बनाए नयाँ मोर्चा, दिए शनिबारसम्मको अल्टिमेटम


काठमाडौं, भदौ १६ । मधेश केन्द्रित तीनओटा दलले संयुक्तरुपमा संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको छ ।

बुधबार सिंहदरबारमा विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले संयुक्तरुपमा मोर्चाको घोषणा गरेका हुन् ।

मोर्चाले विगतको सशस्त्र आन्दोलन मधेसी तथा आदिवासी जनजातिको आन्दोलन थारु, मुस्लिम, पिछडा वर्ग, दलित तथा महिला आन्दोलनको उद्देश्य र भावना आत्मसात गर्दै उपलब्धिहरुलाई संस्थागत गर्दै लैजाने जनाएको छ ।

आफ्ना मागहरु पूरा गर्न शनिबारसम्म अल्टिमेटम दिँदै माग पूरा नभए संविधानसभाको सबै प्रक्रियाबाट अलग भइ सडक आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ ।

आफ्ना १४ बुँदे उद्देश्यहरु सार्वजनिक गर्दै मोर्चाले भविष्यमा सबै निर्णयहरु सर्वसहमतिबाट गर्ने जनाएको छ ।

0 comments:

Post a Comment