Thursday, September 3, 2015

हिन्दु अगुवाले भने– ‘कमल नयनाचार्य सामन्त हो’


काठमाडाैं– हिन्दु धर्मका अभियान्ताले नै स्वामी कमलनयनाचार्यलाई 'सामन्त' भन्दै चर्को बिरोध गरेका छन्। बुधबार नयाँ बानेश्वरमा हिन्दुहरूको प्रदर्शन भइरहँदा कमल नयनाचार्यविरूद्ध चर्को नाराबाजी भयो। ‘हामीले पानीको फोहोरा र लाठी खाने, कमल नयनाचार्यले भाषण गरेर भाग्ने?’ युवा सन्त श्रीनिवासाचार्यले सार्वजनिक रुपमै भने ‘कमलले भोलिदेखि हिन्दुको नाम लिन पाउँदैन।’




बुधबार राप्रपा नेपालको अगुवाइमा नयाँ वानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनमा कमलनयनचार्यको चर्को विरोध भएको हो।

'हामीलाई उचालेर पुलिसको मार ख्वाउने अफू भाग्ने? कमले तँ तुरून्तै यहाँ अाइज’, श्रीनिवासाचार्यले माइकबाट भने, ‘हिन्दु राष्ट्र नेपालको जय! ‘कमल नयनाचार्य मुर्दावाद!!'

यी सन्त नेताले कमलनयनचार्यविरुद्ध अाक्रोस पोखे। 'कमले फटाहा हो, हामीलाइ कुटाएर अाफू प्रहरी स्कर्टिङमा भाग्छ‘, उनले भने।

श्रीनिवासाचार्यले बानेश्वरमा बोल्ने क्रममा पत्रकारहरुलाई ध्यानाकर्षण गर्दै भने ‘यो इटहरीबाट आएको हिन्दुहरूको विशाल मासलाई कमलले प्रयोग गरेर हिँड्न मिल्छ? यदि कमले यहाँ आएन भने उस्ले भोलिबाट हिन्दुको नाम लिन पाउने छैन। खबरदार!’

कमलनयनको विरोध सुरु हुनु अघि नै उनी वानेश्वरको भिडबाट गायब भइसकेका थिए।

0 comments:

Post a Comment