कपिलवस्तु, भदौ १६ - कपिलवस्तुको वाणगंगा सिंचाई प्रणाली नहरमा डुबेर एकैघरका दुई बालिकाको ज्यान गएको छ । निग्लिहवा गाविस ९ का युसुब अंसारीका छोरीहरु ३ वर्षकी अफ्रिन र ७ महिनाकी यसमिनको नहरमा डुबेर ज्यान गएको हो ।
नहरमा कपडा धुने क्रममा आमा ताहेरा खातुनसंगै रहेकी ७ महिनाकी बालिका डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment