हालको नेपालको राजनितिक र बैशाख १२ गते गएको विनाशकारी भूकम्पको विषयलाई यस पटक हाँस्य कलाकारहरुले दर्शक हँसाउँने मन्त्र बनाएका छन् । भदौ २६ गतेसम्म चल्ने भनिएको ‘तीतो, जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ मा दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, लक्ष्मी केसी, पूर्ण थापा, रवि डंगोल, आरपी भट्टराई, प्रमोद पौडेल, केदार घिमिरे, विल्सनविक्रम राई, सुनीता गौतम, मनोज गजुरेल लगायतका हाँस्य कलाकारहरुले हाँस्यव्यग्य प्रस्तुत गरेका छन् भने केहि कलाकारहरुले नृत्य र गायक प्रस्तुत गरिरहेका छन् ।
यो वर्षको गाईजात्रे प्रस्तुतीको केन्द्रमा सदा झैँ नेताहरुको साथमा भूकम्प र राष्ट्रिय भाव दिने खालका व्यंग्यात्मक प्रस्तुतीहरु रहेका छन् । ‘भूकम्पको प्रभाव’, ‘संविधान मस्यौदा’, ‘संघीयता’ र ‘अस्तव्यस्त राजनीतिक गतिविधि’ मा केन्द्रित यस बर्षको जाईजात्रा करिब चार घन्टासम्म चल्नेछ । हाँस्य कलाकार दिपकराज गिरीले यस पटकको गाईजात्रा भूकम्प गएपछि पालभित्र देखिएका गतिविधिलाई व्यंग्यात्मक ढंगले देखाइएको बताए ।
पालभित्र विभिन्न जात–जाति ठाउँको खोजीमा झगडा गर्नुलाई संघीयताको सीमांकन विवादसँग मिलाउन खोजिएको छ। गाईजात्रामा हाँस्य कलाकारहर फरक फरक भुमिकामा देखिएका छन् । हाँस्य कलाकार दिपाश्री निरौला नायिका रेखा थापा बनेकी छिन् भने अर्का कलाकार मनोज गजुरेल मन्त्री लालबाबु पण्डितको भुमिकामा छन् ।







0 comments:
Post a Comment