Wednesday, September 2, 2015

७ बालकको उद्धार


रुकुम, भदौ १६ । रुकुमबाट तनहुँको इँट्टा भट्टामा काम लगाउन लैजाँदै गरेका ७ जना बालकलाई रुकुम प्रहरीले उद्धार गरेको छ ।

जिल्लाको राङ्सी गाविस वडा नम्बर–४ का ३२ वर्षीय दीपक बुढा मगरले बालकहरु जम्मा पारी लैजाँदै गर्दा सोलावाङ प्रहरी चौकीले उद्धार गरेको हो ।

गाडी चेकजाँच गर्दा एकै उमेर समूहका बालकहरु फेला परेपछि सोधपुछ गर्दा रहस्य खुलेको हो ।

उद्धार गरिएकाहरुमा राङ्सी–२ का दुर्गा विक, राङ्सी–१ का राजीमान बुढा, राङ्सी–३ का बसन्त घर्ती, ज्ञानबहादुर विक, परिश्रम घर्तीमगर, जगत विक र राङ्सी–५ का हिक्मत विक रहेका छन् ।

१६ वर्षमुनिका ती बालकहरुलाई आफन्तको जिम्मा लगाइएको रुकुमका प्रहरी नायव निरीक्षक सन्तोष शाहले जानकारी दिए ।

0 comments:

Post a Comment