Wednesday, September 2, 2015

कांग्रेस जिल्ला कार्यालयमा आगजनी


सुनसरी, भदौ १६ । सुनसरीको सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बुधबार अज्ञात समूहले आगजनी गरेको छ ।

साँझ करिब ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयमा मट्टितेल छर्केर आगो लगाएर भागेको स्थानीयले बताए । आगोलागीपछि घटनास्थल पुगेको प्रहरीले आगो निभाएको थियो ।

आगलागीबाट कार्यालयमा सामान्य क्षति पुगेको सुनसरी कांग्रेसका सभापति राजीव कोइरालाले जानकारी दिए । घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न पनि उनले माग गरे ।

0 comments:

Post a Comment